नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ आज हुदै

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २८ १२:०३ बजे

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ । उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । पार्थिव शरीरलाई महाराजगञ्ज-नारायणगोपालचोक-धुम्वाराही-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाट लगिने भएको हो ।

नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णयसहित सरकारले  आज सार्वजनिक  बिदा दिएको छ । नेता नेम्वाङको मंगलबार बिहान १ः५० मिनेटमा निधन भएको थियो ।


  


२०८० भदौ २८ १२:०३ बजे

प्रतिक्रिया