भारतको फरिदावादमा एकता समाजको आठौँ सम्मेलनको सँस्थापक अध्यक्ष गोविन्द्र सिँह थापाले गरे उदधाटन

विशिष्ठ अतिथि ने.क.पा.(मशाल) का महासचिव सन्तबहादुर नेपाली

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २५ ०८:०३ बजे

फरिदावाद, भारत । अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत सम्मेलनको उद्घाटन कार्यक्रम हिजो सम्पन्न भएको छ । भारतको हरियाणा राज्यको फरिदावादमा सम्पन्न आठौँ सम्मेलनको उद्घाटन समाजका संस्थापक अध्यक्ष गोविन्द सिंह थापाले गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा उहाँले सन् १९७९ मा संस्था स्थापना भएको एकता समाज लगातार आफ्नो लक्ष्यमा अगाडि बढ्ने सिलसिलामा निरन्तर दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्दै आएको इतिहास स्मरण गराउनु भयो । अबका दिनमा भारतस्थित शोषित उत्पीडित नेपालीहरू एकता समाजमा गोलबद्ध हुँदै अगाडि बढ्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि ने.क.पा.(मशाल) का महासचिव सन्तबहादुर नेपालीले देशको समग्र परिस्थितिको चर्चा गर्दै ने.क.पा. (मशाल)को पुर्नगठनको आवश्यकता र औचित्यता बारे प्रष्ट पार्नु भयो ।वामपन्थी नेता विमल शर्माले आफ्नो राजनीतिको विश्वविद्यालय एकता समाज भएको बताउँदै मोहनविक्रम नेतृत्वको मसाल संकिर्ण र दक्षिणपन्थी भएको बताउनु भयो

हाँक साप्ताहिकका सम्पादक शशिधर भण्डारीले नेपालका सबै जनआन्दोललनमा एकता समाजको भूमिका र योगदानका विषयमा चर्चा गर्नु भयो ।अखिल भारत नेपाली एकता समाजका संस्थापक राजु नेपालीले एकता समाज स्थापना कालका अप्ठ्यारा दिनहरूको स्मरण गर्दै एकता समाजमा भएको विभाजन स्वभाविक बताउनु भयो ।

शुभकामना मन्तव्य राख्ने अन्य वक्ताहरूमा अखिल नेपाल युवक सङ्घका अध्यक्ष जितामित्र सुनार, किसान सङ्घका कृष्ण के.सी., रक्तिमका पूर्व अध्यक्ष नारायण योगी, अ.भा. एकता मञ्चका महेन्द्र खाती, महिला नेतृ सीमा क्षेत्री हुनुहुन्थ्यो भने अभानेएसका पूर्व महासचिव खगेस्वर शर्मा, अखिल नेपाल किसान सङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण के सी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष सुर्या थापा, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय सचिव दयाराम खनाल, अभानेएसका पूर्व महासचिव गङ्गा पौडेल, नेकपा (मशाल) का रूपन्देही जिल्ला प्रबक्ता बाबुराम आचार्य, ने.क.पा. (मशाल) का नवलपुर जिल्ला सेक्रेटरी राम प्रसाद सापकोटा, बुद्धिजीबीकातर्फबाट देबराज पौड्याल, अखिल भारत प्रवासी नेपाली एकता समाजका सह सयोजक दिपक तिरुवा, अखिल भारत नेपाली एकता मञ्चका महेन्द्र खादिल, प्रगतिशील नेपाली समाज (भारत) प्रमुख सचिव जेवी अधिकारी, रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्मा, साउदी अरव नेपाली एकता समाजका प्रतिनिधि देवी फौजा, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष बिक्रम के.सी., महिला केन्द्रीय विभागकी सदस्य दुर्गा सुवेदी, जनजाति विभागका केन्द्रीय सदस्य नर बहादुर गुरुङ, प्रगतिशील लेखक सङ्घकातर्फबाट राम बहादुर सोर्णकार, रक्तिमकातर्फबाट राम सिंह बि.क.हुनुहुन्थ्यो।


२०८० भदौ २५ ०८:०३ बजे

प्रतिक्रिया