प्रतिनिधिसभामा बालेन र हर्क साङ्पाङको बहस

प्रतिनिधिसभामा बालेन र हर्क साङ्पाङको बहस

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ २ १२:३७ बजे
प्रतिनिधिसभा

 काठमाडौं ।  आज बसेको प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबिच  फेसबुकमा भएको प्रहार र प्रतिप्रहारको बारेमा  कुरा  उठेको छ ।  

आज बसेको  प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्ण राईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयर राईले म काठमाडौं आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर  फेसबुकमा  सेयर गरेको  पोष्ट सुनाएको  छन् । 

यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो । अर्कोतर्फ महानगरले फोहोर उठाउनुपर्ने विषय हो कि सरकारले भन्ने कुरामा पनि जनतामा अन्योलको स्थिति  देखिएको उने बताएका छन् । 

 उनले भने , विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ न सरकारले गरेको देखिन्छ । उही पुरानै पाराबाट फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्ने, नयाँ प्रविधि भित्र्याएर यसलाई समाधान गर्नेतर्फ कसैको ध्यानाकर्षण भएको देखिएन ।’

२०७९ भदौ २ १२:३७ बजे

प्रतिक्रिया