परमादेश वाट कोशि प्रदेशमा हिक्मत कार्की मुख्यमन्त्री नियुक्त

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २२ १४:२९ बजे

काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले  मुख्यमन्त्री नियुक्त हुँदैछन् ।सर्वोच्च अदातलले प्रदेशसभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतमा हिक्मत कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेअनुसार प्रदेश प्रमुखको कार्यालयले शपथको तयारी गरेको हो ।

उनले आजै मुख्यमन्त्रीको शपथ लिन लागेका हुन् ।सर्वोच्च अदालतले संविधानको धारा १६८ को उपधारा ३ अनुसार कोशी प्रदेशको सबैभन्दा ठूलो दलका नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।सर्वोच्च अदालतको पत्र बिहीबार दिउँसो मात्रै विराटनगर पुगेकाले शपथको तयारी थालिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सर्वोच्चले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतलाई असंवैधानिक ठहर गर्दै पदमुक्त गरेको थियो ।त्यसपछि अदालतले प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका रूपमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङका नाममा परमादेश जारी गरेको थियो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल, डा।कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।


२०८० भदौ २२ १४:२९ बजे

प्रतिक्रिया