न्यायाधीश नियुक्तिमा राजनीतिक भागबण्डा हुन्न - कानूनमन्त्री गुरुङ

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १८ १६:२२ बजे

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले अब न्यायाधीश नियुक्तमा राजनीतिक भागबण्डा नहुने बताएका छन् ।सोमवार प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उहाँले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बैठकमा सांसद प्रेम सुवालले सत्तासिन दलहरुबीचको भागबण्डामा न्यायाधीश नियुक्ती हुने गरेको छ नि ? भनेर प्रश्न गरेका थिए । मन्त्री गुरुङले न्यायाधीश नियुक्ति न्यायोचित ढंगले गर्ने कुरा भइरहेको भन्दै त्यसमा दलीय भागबण्डा नहुने बताए ।

उनले न्याय सम्पादनको कामलाई छिटो, छरितो बनाउन सरकार क्रियाशील रहेको दाबी समेत गरे । सर्वोच्च अदालत आफैँले पनि न्याय सम्पादनको कामलाई छिटो र छरितो बनाउन विभिन्न प्रयासहरु गरिरहेको उल्लेख गर्दै मन्त्री गुरुङले सरकारले त्यसका लागि आवश्यक कानून र व्यवस्थापकीय प्रबन्ध पनि गरिरहेको बताए ।

मन्त्री गुरुङले न्याय सम्पादनमा ढिलाई हुन नदिन सरकारले जनशक्ति व्यवस्थापनको कामलाई जोड दिएको पनि बताए ।


२०८० भदौ १८ १६:२२ बजे

प्रतिक्रिया