बाँदरहरुको परिवार नियोजन गर्नुपर्छ - आरजु राणा

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १७ २०:०३ बजे

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् ।आईतवार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर संख्या घटाउनुपर्ने धारणा राखिन् ।

उनले बाँदरको संरक्षण गरेर कुनै फाइदा नभएको बताइन् । उनले छिमेकी देश भारतको हिमाञ्चल प्रदेशमा पनि बाँदरको परिवार नियोजन गरिएको उदाहरण दिँदै नेपालमा पनि त्यस्तै गर्नुपर्ने बताइन् ।

उनले भनिन् – ‘संरक्षण गर्नु राम्रो हो । म संरक्षणवादी नै हो । तर मान्छेले खान नपुग्नेगरेर संरक्षण गरेर फाइदा छैन । यो कलिङको प्रिन्सिपल हामीले ल्याउनुपर्यो । बँदेल त खान्छ नि मान्छेले । बाँदर नखाला । बाँदरलाई त परिवार नियोजन गरे हुने रहेछ । हिमाञ्चल प्रदेशमा त त्यही गरेको रहेछ । हाम्रो जस्तै थियो रे परिवार नियोजन गरेर दुई, तिन वर्षमा कम भयो । यो चाहीँ डिपार्टमेण्ट अफ वाइल्डलाइभलाई केही चाहीँ गरेर ल्याउ पर्छ । मान्छेले खानै नपाउने भएपछि त धेरै समस्या भयो ।’


२०८० भदौ १७ २०:०३ बजे

प्रतिक्रिया