विश्वकप लिग टु अन्तर्गत नेपाल नामिबियासँग भिड्दै

विश्वकप लिग टु अन्तर्गत नेपाल नामिबियासँग भिड्दै

bimbonline बिम्ब अनलाइन
२०७९ असार २७ ०७:२५ बजे
cricket

काठमाडौं ।  आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले  आज (सोमबार)  नामिबियासँग   खेल्ने भएको छ ।

आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा नेपाल  सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ। सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो।

सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो। क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ। नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ।


२०७९ असार २७ ०७:२५ बजे

प्रतिक्रिया