चुच्चे नक्सामा नेपाल दृढ र स्पष्ट छ -परराष्ट्र मन्त्रालय

bimbonline बिम्ब अनलाइन
२०८० भदौ १५ २०:१८ बजे

काठमाडौं । परराष्ट्र मन्त्रालय कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक नक्सामा नेपाल स्पष्ट र दृढ रहेको बताएको छ ।आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले नेपालको संसद्ले पास गरेको चुच्चे नक्सामा नेपाल स्पष्ट रहेको बताएको हो । चीनले २८ अगस्ट २०२३ मा जारी गरेको ‘स्ट्यान्डर्ड म्याप’मा नेपालको चुच्चे पुरानै नक्सा देखिएपछि मन्त्रालयले आफ्नो धारणा प्रष्ट पारेको हो ।

“सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले स्वीकृत गरेको राजनीतिक र प्रशासनिक नक्सामा नेपाल दृढ र स्पष्ट उभिएको छ,” विज्ञप्तिमा भनिएको छ, “यो नक्सालाई हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ ।”सीमा विवाद वार्ता र कूटनीतिबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।


२०८० भदौ १५ २०:१८ बजे

प्रतिक्रिया