सन्दीप आज पाकिस्तान जाँदै

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ११ ०९:०१ बजे

काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकका अनुसार सन्दीप आज बिहान ११ बजे पाकिस्तान उड्ने तालिका रहेको वताएका छन । उनी बिहान ११ः२० को कतार एयरवेजको फ्लाइटबाट पाकिस्तान जान लागेका हुन् ।

सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।



 




२०८० भदौ ११ ०९:०१ बजे

प्रतिक्रिया