प्रधानमन्त्रीको दौडमा नयाँ पुराना

प्रधानमन्त्रीको दौडमा नयाँ पुराना

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १ १६:५० बजे
प्रधानमन्त्री

काठमाडौं ।  प्रदेश र संघको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको दौडधुप र तयारी तीव्र बनेको छ। प्रदेश र सङ्घको निर्वाचन आगामी मंसिर  ४ गतेका लागि तय गरिएको छ । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले अब आउने निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी पेश गर्दै आएका छन्।

गत  निर्वाचनको  भन्दा मंसिरमा हुने निर्वाचन फरक र रोचक बन्ने  भएको  छ ।  गत  निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा  हुमियको  थियो भने  अब  हुने निर्वाचनमा  नेपाली कांग्रेस विभिन्न पाँच  दलहरको गठबन्ध सिहत  निर्वाचनमा  जाने भएको छ ।  गत निर्वाचनमा  विभिन्न कम्युनिष्ट पार्टीहरूको  नेकपा  नामको संयुक्त  निर्वाचन  मोर्चा बनेको थियो  र  झन्डै दुई तिहाई बहुमत पनि ल्याएको थियो ।  आपसी मत भेदका कारण त्यो  पनि धेरै लामो  समय सम्म टिक्न सकेन ।  

अब निर्वाचनमा मुख्य तिन पार्टी  नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेस ‌ भन्दा  फरक र नयाँ पार्टीहरू  पनि  प्रधानमन्त्री बनेर देशको बागडोर समाल्ने प्रयत्नका  साथ चुनावी मैदानमा  हुमिएका छन् । देखिएका  पुराना  अनुहार  नेकपा माओवादी केन्द्रका  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका  सभापति तथा हालका  प्रचारमन्त्री  शेर बहादुर देउवा  हुन् । प्रधानमन्त्रीको दौडमा रहेका  नयाँ अनुहार हुन,  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष  राजेन्द्र लिङदेन र राष्ट्रिय स्वतन्त्र पार्टीका  अध्यक्ष रवि लामिछाने । प्रधानमन्त्रीकै दौडमा रहेका  नयाँ अनुहार हुन् गगन थापा ,गगन थापा नेपाली कांग्रेसका  महामन्त्री  समेत रहेका छन् ।   

 प्रधानमन्त्री दौडमा रहेका केपी  शर्मा ओली, शेर बहादुर देउवा र पुष्प कमल दाहाल प्रचण्ड भने  पटक पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् ।  नेपाली कांग्रेसका सभापति  तथा   प्रधानमन्त्री  शेर बहादुर देउवा  भने सबै भन्दा  धेरै पटक प्रधानमन्त्री  भइसकेका  छन् । देउवा  पाँच पटक प्रधानमन्त्री  बनेका छन् । तर  देउवाले  स्मरणीय काम  भने खासै केही गरेका छैनन् ।  एमाले अध्यक्ष ओली  पनि  यो  देशको  ३ पटक प्रधानमन्त्री बनेका  छन् । त्यस्तै  माओवादी  केन्द्रका  अध्यक्ष प्रचण्ड दुई पटक मुलुकको  प्रधानमन्त्री बनेका छन् ।  

जनता  निराश 

पटक पटक प्रधानमन्त्री  बने पनि देश र जनताको आवश्यकता अनुसार काम गर्ने  नसक्दा  प्रधानमन्त्री  बनिसकेका तर अझै प्रधानमन्त्रीको  रेसमा रहेका नेताहरूलाई  विभिन्न कोणबाट आलोचना हुँदै आएको छ । देशको  मुहार जनताको  आवश्यकता पुरा गर्ने  नसक्दा  कतिपयले तः व्यवस्था माथिनै प्रश्न उठाउन थालेका छन् ।   

जनताहरूले बूढा बनेका  नेताहरूलाई  सम्मान स्वरुप  बसाइ अबको देशको बागडोर समाल्नु  आजका नेपाली राजनीतिज्ञको अपरिहार्य आवश्यकता रहेको भन्दै विभिन्न पार्टीका युवा नेता र स्वतन्त्र व्यक्तिहरूको पक्षपोषण गर्ने थालेका छन् । 

२०७९ भदौ १ १६:५० बजे

प्रतिक्रिया