एमसिसि परियोजना फिर्ता लैजाऔ - सिपि गजुरेल वरिष्ठ नेता क्राकपा नेपाल

bimbonline बिम्ब अनलाइन
२०८० भदौ ६ २०:०८ बजे

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका बरिष्ठ कार्यालय सदस्य सिपी गजुरेल (गौरव)ले अब हरेक नेपालीले ‘गो ब्याक एमसीसी, गो ब्याक अमेरिका’ भनेर नारा लगाउनुपर्ने बेला आएको बताउनु भएको छ । अमेरिकाको एमसीसी परियोजना नेपालमा कुनैपनि हालतमा नेपाली जनताहरुले लागू गर्न दिंदैनन् भन्ने कुरा अमेरिकालाई राम्रोसँग बुझाइदिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनु भएको छ ।

पार्टीले एमसीसी खारेजीका निम्ति आयोजना गरेको विरोध जुलुस र विरोधसभालाई प्रमुखवक्ताको रुपमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एमसीसी परियोजना नेपालको हितमा छैन । यो नेपालका  लागी राष्ट्रघाती छ । श्रीलंकामा जस्तै नेपालमा पनि अमेरिकनहरुलाई यो परियोजना फिर्ता लैजाऊ भनेर भन्नुपर्छ । श्रीलंकामा त त्यहाँका शासकहरुले नै भनेका थिए तर नेपालमा यहाँका दलाल शासकहरुले त्यो भन्ने हैसियत नै राख्दैनन् । अब नेपाली जनताले अमेरिकाले बुझ्ने गरी भनिदिनुपर्छ कि नेपाली जनताले अब एमसीसी परियोजना कुनै पनि हालतमा लागू गर्न दिनेवाला छैनन् । तिम्रो परियोजना फिर्ता लैजाऊ । गो ब्याक एमसीसी, गो ब्याक अमेरिका ।”




२०८० भदौ ६ २०:०८ बजे

प्रतिक्रिया