राष्ट्रघाती एमसीसीको कार्यान्वयन होइन, खारेज गरौ - कञ्चन प्रवक्ता

bimbonline बिम्ब अनलाइन
२०८० भदौ २ १९:५८ बजे
कञ्चन प्रवक्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रघाती एमसीसीको पूर्ण रुपले खारेज गर्न जोडदार रुपमा माग गरेको छ । भदौं १३ गतेबाट एमसीसीको कार्यान्वयनको तयारी गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता कञ्चनले शनिबार आज एक वक्तव्य जारी गर्दै मिलेनियम कम्प्याक्ट कार्यान्वयन होइन, सम्पूर्ण रुपले खारेज गर्न नेपाल सरकारसँग जोडदार माग गर्नु भएको छ ।

वक्तव्यमा भनिएको छ, “जनतादेखि संसद र सरकारमा समेत अस्वीकृत भएको कम्याक्ट तथा नेपाली जनताका लागि राष्ट्रघाती एमसीसी अनेक प्रकारका जालझेल, षड्यन्त्र र झुटमुटका बीच नेपाली जनतामाथि लाद्ने प्रयत्न गरिदैछ । यही सिलसिलामा यही भदौं महिनादेखि कार्यान्वयन गर्ने भनिएको यो परियोजना सम्पूर्ण रुपले खारेज गर्न हाम्रो पार्टी नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

वक्तव्यमा भनिएको छ, “क्षेत्रीय सन्तुलन र स्थायित्वमा आघात पुर्याउने उद्देश्यका साथ बलात गर्न खोजिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट सम्पूर्ण रुपले फिर्ता गरी नेपाली जनता र संयुक्त राज्य अमेरिका बीचको दशकौंको मित्रता, नेपाली जनताप्रति अमेरिकी जनता र सरकारको सहयोग एवम् सद्भावलाई अक्षुण कायम राख्न हाम्रो पार्टी अमेरिकी सरकारसँग हार्दिक अनुरोध गर्दछ ।  मुनाफाखोरी, घुसखोरी र तस्करीमा लिप्त नेपालका दलाल, नोकरशाह तथा साम्राज्यवादका पिठ्ठु माफियाहरुलाई जबर्जस्त कम्प्याक्ट कार्यान्वयन गर्ने धृष्टता त्याग्न भनिएको छ ।



२०८० भदौ २ १९:५८ बजे

प्रतिक्रिया