काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचना खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनले मुलुकमा रहेका हालका संरचनामा आमूल सुधारको आवश्यकता रहेको जनाउदै प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्ताव सारेका हुन् ।
पार्टीको प्रदेश स्तरीय भेला सम्पन्न भएसँगै उनले संघीय प्रणालीको समिक्षा गरेका हुन् । संघीयताका तीन तहमध्ये बीचको प्रदेश संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकता चरम निराशा छाएको उनको भनाई रहेको छ ।
प्रदेशको अहिलेको संरचना राज्यकोषको दोहन गरेर दलका नेता व्यवस्थापन गर्ने थलो र भ्रष्टाचारको अखडा मात्र बनाइएको उनको आरोप रहेको छ ।
प्रतिक्रिया