काँग्रेस सांसद एव नक्कली डाक्टर सुनील शर्मा पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० साउन २५ १९:३९ बजे

काठमाडौँ । नेपाली काँग्रेसका सांसद सुनील शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई मण्डिखाटार निवासबाटै आज (बिहीवार) दिउँसो पक्राउ गरेको हो ।

शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा पक्राउ गरिएको स्रोतले जनाएको छ । उनले प्रवीणता प्रमाणपत्र तह पास गरेको नक्कली प्रमाणपत्र पेस गरेर त्योभन्दा माथिल्लो तहको अध्ययन गरेको प्रहरीको आरोप छ ।उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । नक्कली प्रमाणपत्रका आधारमा  उपल्लो तहमा भर्ना भएको शर्मा आफु लाई चिकित्सक  वताउदै आएका थिए। शर्मा मेडिकल  माफियाकारुपमा पनि परिचित थिए।

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक पनि पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालका डाक्टर अमृत चौधरीलाई पक्राउ गरेको हो ।यस्तै अर्का चिकित्सक रन्जितकुमार यादव पनि पक्राउ परेका छन् । सीआईबीले बिहीबार तीन जना चिकित्सकलाई पक्राउ गरेको छ । 

२०८० साउन २५ १९:३९ बजे

प्रतिक्रिया