आन्दोलन र क्रान्ति हुन्छ- मोहन वैध अध्यक्ष क्राकपा नेपाल

जनगणतन्त्र स्थापना नभएसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुँदैन

bimbonline बिम्ब अनलाइन
२०८० साउन २५ ११:२३ बजे

काठमाडौं । २९ औं विश्व आदिवासी दिवसको अवसरमा अखिल नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले क्रान्तिकारी कम्युनिस्ट पार्टीले सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिका निम्ति संघर्ष गर्दै आएको बताउनु भएको छ । आदिवासी जनजाति, मधेसी, महिला, दलित मुस्लिम, थारु, मजदुर, किसान लगायत सम्पूर्ण शोषित उत्पीडित वर्ग र समुदायको मुक्तिको निम्ति संघर्ष गर्ने पार्टी नै क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको स्पष्ट पार्नुभयो ।

उहाँले पहिचानसहित संघीयताको आन्दोलनमा, संघीय जनगणतन्त्र स्थापनाको आन्दोलनमा, वर्गीय जातीय मुक्ति आन्दोलनमा पार्टीको दृढ समर्थन, ऐक्यबद्धता र संघर्ष जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलन हुन्छ , क्रान्ति हुन्छ ,जनताको सत्ता ल्याएरै छाडिन्छ ।” उहाँले अगाडि भन्नुभयो, “यो कथित संविधानलाई वास्तविक जनताहरु मजदुर किसान, आदिवासी जनजाति, महिला, मधेसी, दलित, मुस्लिम, थारु कसैले पनि स्वीकारेको छैन । सम्पूर्ण उत्पीडित आदिवासी जनजातिहरुसँग एकताबद्ध भएर संघर्ष अगाडि बढाइन्छ । अब जनगणतन्त्र स्थापना नभएसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुको समाधान हुँदैन । अर्को क्रान्तिको तयारी गर्नुपर्छ । 


२०८० साउन २५ ११:२३ बजे

प्रतिक्रिया