नेविसँघको ७ सय १० सख्याको केन्द्रिय समिति हुदा पनि नारावाजी कायमै,वढ्दो महत्वकाँक्षा खस्किदो सँस्कार

bimbonline बिम्ब अनलाइन
२०८० साउन २४ १५:०९ बजे

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ) को केन्द्रीय तदर्थ समिति विस्तारलाई लिएर विवाद चर्किएको छ। ७१० सदस्यीय केन्द्रीय तदर्थ समिति गठन हुँदा समेत नअटाएकाहरु समानान्तर समिति गठन गर्ने अभियानमा लागेका छन्। 

समानान्तर समिति गठन गर्ने भन्दै बुधबार पार्टी मुख्यालय सानेपामा पुगेकाहरुलाई पार्टी कार्यालयमा प्रवेश गर्न निषेध गरिएको छ। पार्टी कार्यालय प्रवेश गर्न नदिइएपछि असन्तुष्टहरुले नेवि संघको तदर्थ समितिका सभापति डुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका छन्। 

‘डुजाङ शेर्पा मुर्दावाद’ भन्दै असन्तुष्टहरुले नाराबाजी गरेपछि सानेपामा झडपको स्थिति नै सिर्जना भएको छ। शेर्पा पक्षका कार्यकर्ताहरु भने असन्तुष्टहरुको प्रतिकारमा उत्रिएका छन्। 

कांग्रेस मुख्यालय सानेपामा अहिले बाँक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। भित्र जान नदिएपछि नेवि संघका असन्तुष्ट कार्यकर्ताहरु पार्टी कार्यालय बाहिर नै जम्मा भएका छन्।

२०८० साउन २४ १५:०९ बजे

प्रतिक्रिया