“न्यू मिडिया पनि मिडिया हो- मत्री रेखा शर्मा

मिडियालाई स्वअनुशासित , स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि व्यवस्थापन गर्नुपर्छ

bimbonline बिम्ब अनलाइन
२०८० साउन २३ ०९:०० बजे

काठमाडौँ ।प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताइन्।

“न्यू मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला”, उनले भनिन् ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानून पनि त चाहिएला । त्यसतर्फ सोचौँ ।”मन्त्री शर्माले सञ्चारमाध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताए। “एउटा पत्रकारले बदमासी गर्यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी गर्यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी गर्यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । 

हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ”, उनले भनिन्।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताइन्। 



२०८० साउन २३ ०९:०० बजे

प्रतिक्रिया