क्युवाली क्रान्तिमा फिडेल क्यास्ट्रोले भ्रष्टाचारमा संलग्न आफ्ना ५ जना कमान्डरलाई मृत्युदण्ड दिएका थिए- गिरिराजमणि पोखरेल

bimbonline बिम्ब अनलाइन
२०८० साउन २१ ०८:१८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले नारायणकाजी श्रेष्ठ (प्रकाश) सहित प्रचण्ड नेतृत्वले कम्युनिस्ट आन्दोलनमा अतुलनीय योगदान हुने आफ्नो भविष्यवाणी अहिले प्रमाणित भएको दाबी गरेका छन् ।

केन्द्रीय समिति बैठकमा शनिवार आफ्नो धारणा राख्ने क्रममा पोखरेलले नारायणकाजीको एक्सनले प्रचण्डलाई सफल बनाउने आशय व्यक्त गरेको एक नेताले बताए ।पोखरेलले बैठकमा भने– मैले पार्टी एकताको बखतमा नै भनेको थिए क. प्रकाश सहितको प्रचण्डको नेतृत्वले नेपाली कम्युनिष्ट आन्दोलनमा अतुलनीय योगदान हुन्छ । आज प्रचण्डको नेतृत्व र नारायणकाजीको सक्रियतामा चलेको भ्रष्टाचार विरोधी आशाबर्दक अभियानले त्यही कुरा प्रमाणित भएको छ ।

पोखरेलले भ्रष्टाचार र सुशासनको पक्षमा अभियान निर्ममतापूर्वक अगाडि बढाउनु भन्दै क्रान्तिको निशाना आफैलाई बनाऊ भन्ने माओको भनाई स्मरणीय रहने बताए ।उनले भने– क्युवामा क्रान्तिमा फिडेल क्यास्ट्रोले भ्रष्टाचारमा संलग्न आफ्ना ५ जना कमान्डरलाई मृत्युदण्ड दिएका थिए । चीनमा पनि त्यही प्रकारको दण्ड दिने गरेको छ । यो अभियान पार्टी भित्र हामीले पनि चलाउनु पर्छ ।

नेता पोखरेलले पूँजीवादी पार्टीले समाजवादी क्रान्ति गर्न नसक्ने भन्दै कृषिमा आत्मनिर्भरताको अभियान चलाइनुपर्ने बताए ।त्यसका लागि उनले राजनीतिक पार्टी, विज्ञ र गैरआवसीय नेपालीहरूको प्रतिनिधित्व हुने गरी विकास प्राधिकरण गठन गर्ने र विकास समृद्धिमा गैरआवसीयहरुलाई पनि समावेश गराउने प्रस्ताव समेत राखे ।





२०८० साउन २१ ०८:१८ बजे

प्रतिक्रिया