सुदूरपश्चिम प्रदेश सरकारले पायो पुर्णता

bimbonline बिम्ब अनलाइन
२०८० साउन १८ ०९:५३ बजे

धनगढी। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारलाई पूर्णता दिएका छन् । शाहले कांग्रेसका शिवराज भट्ट र नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई मन्त्री नियुक्त गर्दै सरकारको पूर्णता दिएका हुन् । काँग्रेसका मत्री पृथ्विवहादुर सिँहको सडक दुरधटना वाट निधन भए पछि  भट्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । नवनियुक्त मन्त्रीहरुको प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराएको छ।

कोशि प्रदेशमा भन्ने सत्ता गिराउने र वनाउने खेल तिव्ररुपमा चलिरहेको छ। सुदुरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टीका कारणले राजेन्द्र रावलको  नेतृत्वको सरकार विघटन भएको थियो।प्रदेश सरकारले जनताको काम गर्ने भन्दा आ-आफ्नो पद कसरी जोगाउने भन्ने कुरामा नै अधिकाँस समय व्यतित गर्दै आएका छन।


 


२०८० साउन १८ ०९:५३ बजे

प्रतिक्रिया