नेपालमा अर्को क्रान्तिको आवश्यकता- मोहन वैध

bimbonline बिम्ब अनलाइन
२०८० साउन १७ ०८:५२ बजे
मोहन वैध अध्यक्ष क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झांङ्गिएर गएको चर्चा गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका अध्यक्ष मोहन वैद्य किरणले नेपालमा फेरि अर्को क्रान्तिको खाँचो रहेको औल्याउनु भएको छ । उहाँले भन्नुभयो, “त्यो क्रान्ति पूरा गर्ने दायित्व युवाहरुको हो ।”

हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माक्र्सवादको आधारभूत मान्यतामाथि गरेको हमलाप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो, “माक्र्सवाद, लेनिनवाद, माओवाद भन्ने, दीर्घकालीन जनयुद्ध पनि भन्ने तर हददर्जाको दक्षिणपन्थी अवसरवादी÷संशोधनवादी चरित्र देखाउने । नेपालको कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद झांगिएको छ । यसलाई चिरेर क्रान्तिकारी अगाडि बढ्नु पर्छ ।”

उहाँले देश, समाज र पार्टी बनाउने दायित्व युवाहरुको भएको भन्दै उहाँले आफूभित्रका अन्तरविरोध हल गर्दै नयाँ ढंगले क्रान्तिको तयारीमा लाग्न युवाहरुलाई निर्देशन दिनुभयो । संख्यामा थोरै भएपनि क्रान्तिकारी युवाहरुको भविष्य उज्वल रहेको रहेको पनि बताउनु भयो ।नेकपा (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग, नेपाल र नेकपा (बहुमत) निकट युवा जनस्वयमसेवक नेपालको एकताको राष्ट्रिय भेलालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष किरणले यस्तो बताउनु भएको हो ।एकता भेलाको उद्घाटन सत्र मंगलबार काठमाडौको नयाँ बसपार्कस्थित तमु हलमा सम्पन्न भएको थियो ।

एकता भेलामा पार्टीका कार्यालय सदस्य तथा प्रदेश ३ का इन्चार्ज सुदर्शन, कार्यालय सदस्य तथा युवाका फ्र्याक्सन इन्चार्ज दिपक, कार्यालय सदस्य तथा प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले शुभकामना तथा वैचारिक राजनीतिक महत्वको प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।एकता भेलाको अध्यक्षता हरिश भट्ट, सञ्चालन तिलक अधिकारी र स्वागत अविनाश कुवरले गर्नुभएको थियो ।


२०८० साउन १७ ०८:५२ बजे

प्रतिक्रिया