नेपाल एकीकरणमा गुरुङ समुदायको विशेष योगदान

नेपाल एकीकरणमा गुरुङ समुदायको विशेष योगदान

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १७:१९ बजे
राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल राष्ट्रको एकीकरण प्रक्रियामा गुरुङ समुदायको विशेष योगदान रहेको  बताउनुभएको छ ।  पोखरामा मंगलबार ट्होटें पर्व विशेष समारोहमा बोल्दै  नेपाली संस्कृतिको संरक्षण र संवर्द्धनमा पनि गुरुङहरुको महत्त्वपूर्ण योगदान रहेको  बताउनुभएको छ ।  

 गुरुङ समुदायले हरेक वर्ष साउन र चैतको अन्तिम मंगलबार मनाउने ट्होटें पर्वमा तमु धिं नेपालले विशेष समारोह आयोजना गरेको हो । समारोहमा राष्ट्रपति भण्डारीले गुरुङ जातिको मौलिक भाषा, संस्कृति, रीतिरिवाज, चाडवर्प, भेषभूषाले नेपाली राष्ट्रिय संस्कृतिलाई सबल र समृद्ध बनाउनमा ठूलो योगदान पुर्‍याएको  बताइन् ।

उनले भन्नुभयो ‘यो एउटा अँध्यारोबाट उज्ज्यालो, रोग र शोकबाट स्वस्थ र सुखद् जीवनतर्फ लक्षित सांस्कृतिक प्रचलन हो भन्ने मेरो विश्वास छ,’ आफ्नो लिखित भाषणमा उनले भनिन्, ‘यस्तो राम्रो परम्परा र चलनलाई अब हामीले भूत, रोगव्याधी र दुस्ख मात्रै फाल्ने होइन हाम्रो समाजबाट सबै प्रकारका कुप्रथा, कुसंस्कार, अन्धविश्वास र पछौटेपन अन्त्य गर्न पनि यो पर्वले ऊर्जा प्रदान गर्ने छ भन्ने विश्वास लिएको छु ।’

२०७९ साउन ३१ १७:१९ बजे

प्रतिक्रिया