राजनीति रमाइलो गर्ने विषय होइन, धेरैको बलीदानी छ : ओली

राजनीति रमाइलो गर्ने विषय होइन, धेरैको बलीदानी छ : ओली

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १७:०९ बजे
केपी शर्मा ओली

 काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति रमाइलो गर्ने विषय नभएको बताएका छन् । मंगलबार 'युवा महिला र राजनीतिु विषयक विचार गोष्ठीलाई सम्बोधन  गर्ने क्रमममा उनले  केही दुः ख नगरेका व्यक्तिले  पछिल्लो समय राजनीतिलाई रमाइलोका रुपमा लिएका बताएका छन् ।  

ओलीले आफूहरू लामो संघर्षपछि यस ठाउँमा आइपुगेको  बताउदै  भने, 'आज हामी जुन ठाउँमा छौँ त्यत्तिकै आएका होइनौँ ।'

ओलीले लोकतन्त्र प्राप्तिका केही नगरेका व्यक्तिले नै राजनीति फोहोरी खेल हो भनेर भ्रम फैलाइरहेका बताए। राजनीति बिगार्ने नभई सपार्ने कुरा भएको उनको भनाइ छ ।

उनले भने, सिना बगाएको छैन, जसले कुनै बलिदानी दिएको छैन । कोही परिवारको सदस्यले बलिदानी दिनु परेन, उसले अंगभंग हुनुपरेन, उसले केही क्षति नै भोग्नु परेन उसलाई पोलिटिक्स रमाइलो गर्ने विषय बनेको छ । पोलिटिक्स त्यस्तो विषय होइन ।' शासन व्यवस्थाहरू परिवर्तन हुँदै आउँदा धेरै परिवर्तन भएको उनको भनाइ छ ।

२०७९ साउन ३१ १७:०९ बजे

प्रतिक्रिया