साँसदहरु असभ्यता अपसंस्कार र संस्कृतिहीन भएका छ - वामदेव गौतम

नेपालको सँसदमा जनता र देश प्रति वफादार रहने जनप्रतिनिधिको सख्या न्युन मात्रामा रहेका छन। फैाजदारी अपराधका आरोपि, डन, माफिया ,तस्करहरु र विभिन्न स्वार्थ समुहका प्रतिनिधहरु नै सँसदमा प्रतिनिधित्व गर्ने भएकोले यिनिहरु असभ्यता, अपसंस्कार र संस्कृतिहीन हुनु स्वाभाविक भएको विश्लेषकहरु वताउछन।

bimbonline बिम्ब अनलाइन
२०८० साउन १२ १५:५९ बजे

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले प्रतिनिधि सभाभित्र असभ्यता, अपसंस्कार र संस्कृतिहीन रुपमा सञ्चालन हुन थालेको बताएका छन् ।शुक्रबार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् । 

उनले भने, ‘नेपालको संसद पहिलादेखि विवादित र नराम्रो किसिमले चल्न थालेको हो । अहिलेको प्रतिनिधि सभामा जे देखिएको छ । त्यो इतिहासमा कहिल्यै नभएका संसारका कुनैपनि संसदमा त्यस्तो हुँदैन। परिस्थिति अत्यन्त जटिल भएको अवस्थामा देखिने गाली गलौज र अपमान गर्ने अरुलाई होच्याउनेदेखि लिएर संसदको नियमावलीलाई बेवास्ता गरेर जतिबेला पनि उठेको छन ।

एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना उठेर बोल्ने गरिएको छ । कहिले ५० जना कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसदभित्रको असभ्यता अपसंस्कार र संस्कृतिहीन भएको छ । हामीले पुरानो संसद परित्याग गरेर नयाँ संसद बनाएका छौं । यसलाई समानुपातिक समावेशी प्रणालीमा आवद्ध गराएको हुनाले यो संसद पहिलो होइन  भन्ने गरेका छौं । पहिलको भन्दा खराब रुपमा तल झरेर संस्कृतिहीन भइसक्यो । सुशासन भित्र यो कुरा पर्छ की पर्दैन ? अहिले राष्ट्रिय सभा पनि त्यस्तै हुन्छ ।

कुनै पनि पार्टीले सांसदहरुलाई लगाएर संसदको गतिविधि अवरोध गर्न पाइँदैन । संसद अवरोध गर्ने विषय नियमावलीमा छैन । सांसदहरुले आफ्नो विचार व्यक्त गर्ने हो । पार्टीहरुले कार्यव्यवस्था समितिमा मिलाउनुपर्छ । उद्देश्य मुलुक ढङ्गले संसद चल्न नदिने किसिमको भएको छ । यसलाई पनि सदाचारमा ल्याउन सक्नुपर्छ ।’

नेपालको सँसदमा जनता  र देश प्रति वफादार रहने जनप्रतिनिधिको सख्या न्युन मात्रामा रहेका छन। फैाजदारी अपराधका आरोपि, डन, माफिया , तस्करहरु  र विभिन्न स्वार्थ समुहका प्रतिनिधहरु नै सँसदमा प्रतिनिधित्व गर्ने भएकोले यिनिहरु असभ्यता, अपसंस्कार र संस्कृतिहीन हुनु स्वाभाविक भएको विश्लेषकहरु वताउछन। सँसद भन्नेको जनताका काम गर्ने थलो नभइ वुर्जुवाहरुको गफ गर्ने आखडा हो । यो खसीको टाउँ देखाएर कुकुर को मासु वेच्ने थलोहो भन्ने लेनिनको भनाइ थप पुष्टी भएको छ।  




 

२०८० साउन १२ १५:५९ बजे

प्रतिक्रिया