महिला साफका लागि संयोजक कमिटि सहित अन्य कमिटी गठन

महिला साफका लागि संयोजक कमिटि सहित अन्य कमिटी गठन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १६:५९ बजे
महिला साफ

काठमाडौं ।  अखिल नेपाल फुटबल संघ एन्फाले नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि विभिन्न कमिटिहरुको गठन गरेको छ ।

एन्फाले मंगलबार महिला साफका लगि विभिन्न आठ कमिटिहरु गठन सँगै त्यसको संयोजक पनि तोकेको छ ।

एन्फाले यसअघि नै भेन्यु म्यानेजरको रुपमा रविन्द्र चन्द, लोकल जेनरल को–अडिनेटरको रुपमा विजय घले, सुरक्षा प्रमुखको रुपमा दिनेश ब्यन्जनकार र मार्केटिङ तथा ब्रोडकास्टिङका लगि सन्जिव शिल्पकारलाई जिम्मेवारी दिएको  हो ।

मंगलबारको बैठकले हस्पीटालिटि कमिटि, स्वास्थ्य कमिटि, होटल तथा यातायत कमिटि, टेक्निकल कमिटि, रेफ्रि को–अडिनेटर कमिटि, समारोह कमिटि, प्रचार प्रसार कमिटि, नेपाली राष्ट्रिय टोलीको व्यवस्थापन कमिटि गठन गरेको छ ।महिला साफ यही भदौ २४ गते देखि असोज तीन गतेसम्म काठमाडौंमा हुनेछ । 

२०७९ साउन ३१ १६:५९ बजे

प्रतिक्रिया