लघुवित्त तथा वित्तीय संस्था पिडितहरु आन्दोलित

साहू वित्तिय सँस्थाले ऋणीहरु लाइ अभन्द्र व्यवहार गर्ने, डर त्रास देखाउने र आफ्ना खसी ,वाख्री , भैसी, कुखुरा लगायतका जिन्सी सामाग्री समेत जवरजस्ती लिइ अन्याय गरेका छन।

bimbonline बिम्ब अनलाइन
२०८० साउन ७ २०:५१ बजे

काठमाडौं । सरकारले लधुवित्त तथा वित्तिय सँस्था वाट पिडितहरु लाइ देशभरीका  जिल्ला प्रहरी कार्यालयमा  मार्फत उजुरी सँकलन गरे पनि अहिले सम्म कुनै लधुवित्त तथा वित्तिय सँस्था का सँञ्चालकहरु लाइ कार्वाहि नगरे र पिडितले न्याय नपाए पछि लघुवित्त तथा अन्य वित्तीय संस्थाको ऋणमा परेका सर्वसाधारणले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरुले लघुवित्तको चर्को ब्याजका कारण ऋण तिर्न नसकेको, आफूहरुको जायजेथासमेत धरापमा परेको , साहू  वित्तिय सँस्थाले ऋणीहरु लाइ अभन्द्र व्यवहार गर्ने, डर त्रास देखाउने र  आफ्ना खसी ,वाख्री , भैसी, कुखुरा लगायतका जिन्सी सामाग्री समेत जवरजस्ती लिइ अन्याय गरेको भनि पिडितहरुले  काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले काठमाडौंको माइतीघरबाट सुरु गरेको विरोध र्‍याली त्रिपुरेश्वर, सुन्धारा, रत्नपार्क हुँदै भद्रकालीमा आएर सकिएको थियो । र्‍यालीका सहभागीहरुले लघुवित्त संस्थाहरु खारेज गर्नुपर्ने, बैंकको बाउन्स चेक रद्द गर्नुपर्ने, कपाली तमसुकहरु खारेज गर्नुपर्नेलगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए ।


२०८० साउन ७ २०:५१ बजे

प्रतिक्रिया