गौर हत्याकाण्डका मुख्य दोषि उपेन्द्र यादव भएको आरोप

bimbonline बिम्ब अनलाइन
२०८० साउन ७ ०९:०८ बजे

जनकपुरधाम । आम जनता पार्टी (आजपा )का अध्यक्ष प्रभु साहले ‘गौर हत्याकाण्ड’का पीडित परिवारलाई न्याय दिलाउन घोषणा गरिएको आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् ।

रौतहटको गरुडामा आजपा गरुडा नगर कमिटीद्वारा आज आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो धारणा राखेका हुन् । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले घोषणा गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र पीडितलाई न्याय दिलाउन आन्दोलन सशक्त बनाउनुपर्नेमा जोड दिए ।संघीय सांसद समेत रहेका अध्यक्ष साहले गौर हत्याकाण्डका पीडित परिवारलाई न्याय दिलाउन प्रधानमन्त्री र गृहमन्त्रीसंग समेत भेटेर छलफल गरेको बताए ।

उनले भने, ‘प्रधानमन्त्री र गृहमन्त्रीबाट आश्वासन पाएपनि मुख्य दोषीलाई कारबाही हुनेमा शंका छ । त्यसैले अब सशक्त आन्दोलनको विकल्प छैन ।’गौर हत्याकाण्ड पीडित संघर्ष समितिले गौरमा विशाल प्रदर्शन गर्दै आन्दोलनको घोषणा गरेको थियो । घटनाको मुख्य दोषी उपेन्द्र यादव रहेको भन्दै उनीसहित सबै दोषीमाथि साउन १४ भित्र कारबाही गर्न समितिले अल्टिमेटम समेत दिएको छ ।

प्रशासनले कारबाही अगाडी नबढाए साउन १५ देखि रौतहट जिल्ला अनिश्चितकालीन आमहड्ताल गर्ने घोषणा समेत समितिले गरेको छ । राजनितिका नाममा अपराधि लाइ कार्वाहि नगर्दा अराजकता र दण्डहिनता वढ्दै गएको प्रभु साह ले वताएका छन।



२०८० साउन ७ ०९:०८ बजे

प्रतिक्रिया