चुनाव जित्नकै लागि वामदेव गौतमले माओवादीको चुनाव चिह्न रोजेँ

चुनाव जित्नकै लागि वामदेव गौतमले माओवादीको चुनाव चिह्न रोजेँ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १६:२१ बजे
वामदेव गौतम

काठमाडौं ।  नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आगामी निर्वाचनमा प्यूठानबाट चुनाव लड्ने भएका छन्।गौतमले निर्वाचनमा जित सुनिश्चित गर्नका लागि नेकपा (माओवादी केन्द्र)  को चुनाव चिह्न लिएको चुनाव लड्ने बताएका छन् ।  

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्ने सम्बन्धी नियम, कानुनबारे जानकारी लिन निर्वाचन आयोग  पुगेका  गौतमले यस्तो बताएका हुन् । उनले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नकै लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको बताए । 

सदस्य गौतमले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि पनि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहने बताए । उनले नेकपा एमालेको चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए । 

उनले इमान्दारीसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । उनले गठबन्धनमा नै विद्रोही निस्किएको खण्डमा केही ठाउँमा अन्य पार्टीले जित्ने तरपनि गठबन्धन अगाडि नै रहने दाबी गरे । 

राष्ट्रिय एकता अभियानका संयोजकसमेत रहेका गौतमले आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्न लिएर निर्वाचनमा जाने सहमति नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भइसकेको बताएका छन् ।  

२०७९ साउन ३१ १६:२१ बजे

प्रतिक्रिया