पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवशको सन्दर्भमा गोष्ठि

गोष्ठीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैध किरण , नेकपा (मशाल)का प्रवक्ता राम वहादुर वुढा, माक्सवादी चिन्तक तथा प्रगतिशिल साहित्यकार निनु चापागाइ र उषाकिरण तिम्सेनाले आ-आफ्ना विचारहरु राख्ने कुरा

bimbonline बिम्ब अनलाइन
२०८० साउन ५ २१:३० बजे

 काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका सँस्थापक मध्येका एक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवशको सन्दर्भमा भोली काठमाण्डौको प्रज्ञा प्रतिष्ठान भवनको लेखनाथ हलमा दिउसो १२.३० वजे  पुष्पलाल र अव अगाडी भन्ने विषयमा विचार गोष्ठिहुने कुरा आयोजक पुष्पलाल ज्ञानमालाले जनाएको छन।

गोष्ठीमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैध किरण , नेकपा (मशाल)का प्रवक्ता राम वहादुर वुढा, माक्सवादी चिन्तक तथा प्रगतिशिल साहित्यकार निनु चापागाइ र उषाकिरण तिम्सेनाले आ-आफ्ना विचारहरु राख्ने कुरा आयोजकले वताएका छन।

कार्यक्रममा साङगितिक प्रस्तुति पनि हुने छ। भोली पुष्पलालको स्मृतिमा देश भरी विभिन्न कार्यक्रम राखिएका छन। नेकपा(मशाल) को नेतृत्वमा रहेको क्रान्तिकारी मोर्चाको एक घटक पुष्पलाल ज्ञानमाला समुह ले पनि विचार गोष्ठीको कार्यक्रम राखेका छन। कार्यक्रममा उपस्थितिका लागी आयोजकले सवै लाइ आग्रह गरेका हुन।



२०८० साउन ५ २१:३० बजे

प्रतिक्रिया