नयाँ बानेश्वरमा प्रदर्शन गर्दा मिटर ब्याज पीडित पक्राउ

bimbonline बिम्ब अनलाइन
२०८० साउन ४ १८:१५ बजे

काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति नेपालले नयाँ बानेश्वरमा गएर प्रदर्शन गर्दा पक्राउ परेको हो । एक टोली बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा पक्राउ परेका हुन् । सरकारले मिटर व्याजीलाई न्याय दिन भन्दै ल्याएको कानुनले उल्टो साहु महाजनको पक्षपोषण गरेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।उक्त प्रदर्शनका क्रममा १६ जना पक्राउ परेका छन् ।

मिटर व्याज पिडितहरुले विगत एक वर्ष देखि आन्दोलन गर्दै आएका थिए। यो भन्दा पहिले सरकारले जारी गरेको अध्यादेश मा भएका सवै कानुनी व्यवस्था अहिलेको ऐनमा समावेश नगरेको हुदा यो कानुन पिडित मैत्री नभएकोले यसको मिटर व्याज पिडितले विरोध गर्दै  आएका छन।

२०८० साउन ४ १८:१५ बजे

प्रतिक्रिया