हरित पार्कका नाममा डडेल्धुरा बन कार्यालयको भ्रष्टाचार गर्ने नियती बाहिरीयो

बर्षातका कारण सम्पन्न भएन केही दिनमा सकिन्छ - सहायक बन अधिकृत सिंह , समयमै काम गर्न नसके रकम स्वत ; फ्रिज हुन्छ - प्रजिअ न्यौपाने , कर्मचारीले पेश्की लिएर काम गर्न पाउदैन - निर्माण ब्यबसायी संघका अध्यक्ष अबस्थी

bimbonline बिम्ब अनलाइन
२०८० साउन ३ १९:५६ बजे

डडेल्धुरा, । हरित पार्कका नाममा डिभिजन बन कार्यालय डडेल्धुराले भ्रष्टाचार गर्ने नियती रहेको सरोकारवाला पक्षहरुले गम्भिर आरोप लगाएको छ । पार्क निर्माणका नाममा बन डिभिजन कार्यालय डडेल्धुराले २० लाख रुपैया बजेट बिनियोजित गरेर काम सुरु गरेकोभएपनि समयमै काम नसकेर त्यो पैसा कुम्ल्याउने नियती त होईन ? भन्ने आम नागरिकहरुको प्रश्न छ । 

आर्थिक बर्ष २०७९÷०८० मा संघिय सरकारबाट आएको २० लाख बजेट हरित पार्क निर्माण गर्न स्वयम कार्यालय आफै कस्सिएको देखिन्छ । डडेल्धुराको सदरमुकामबाट २ किलोमिटर मात्रै टाढा रहेको गोरक्षनाथ बाबा मन्दिरको क्षेत्रमा हरित पार्क निर्माणका लागी इष्टीमेट तयार गरेर काम सुरु गरिएको डिभिजन बन कार्यालय डडेल्धुराका बन अधिकृत रणेन्द्र सिहले जानकारी दिनुभएको छ । 

उहाँले दिएको जानकारी अनुसार २० लाखमा ५ बाई १६ को ट्रष्ट,एक शौचालय, रगंरोगन,पानी ट्याकी र बृक्षारोपण गर्ने इष्टीमेट अनुरुप काम अघि बढाईएको बताउनुभयो । टेण्डर प्रक्रिया गर्न ढिलाई हुने भएकाले कर्मचारीकै नाममा पेश्की लिएर अमानतमा काम गर्न पाउने कानुनी ब्यबस्था छ सहायक बन अधिकृत सिहले बिम्ब अनलाइन सँग सक्षिप्त टेलीफोनमा भने । असार मसान्तको बेला कर्मचारीहरु उस्तै पनि ब्यस्त हुन्छन अनि यो बेला २० लाख बराबरको पार्क निर्माण गर्न कसरी सम्भब देख्नुभयो भन्ने प्रश्न गर्दा उहाँले भन्नुभयो — ब्यस्तताका बाबजुत पनि हरित पार्क निर्माण गर्नु थियो र अमानतमा कर्मचारीले २० लाखभित्र गर्न पाउने भएपछि किन नगर्ने भन्ने भएर सुरुवात गरिएको बताउनुभयो । पार्कको टहरा निर्माण भईसकेको छ,शौचालय,रगरोगन,पानी ट्याकी र बृक्षारोपण गर्नु बाँकी छ मेरै नाममा पेश्की छ खर्च भएको छैन काम सकिने बितिक्कै फरफारक हुन्छ सहायक बन अधिकृत सिहले भने — किन यसका बिषयमा यतिसारो चर्चा भयो थाहा छैन । 

सरकारी जागिरबाट रिटार्यड भएका पुर्ब सचिब भीम उपाध्यायले डडेल्धुरा बन कार्यालयले बनाउन लागेको २० लाखको निर्माणाधिन हरित पार्कको संरचनाको फोटो सहित फेसबुकमा सार्बजनिक गरेपछि डडेल्धुराका आमनागरिकको चिन्ता र चासो एकाएक बढेको देखिन्छ । के हो त बास्तबिकता भन्ने सवालमा जिल्लाका कृयाशिल पत्रकारहरुले पनि यस बिषयमा अनुसन्धान सुरु गरेका छन भने समाजिक अभियान्ताहरुले डिभिजन बन कार्यालयमै पुगेर सुचनाको हक अन्तरगत कुल बजेट,इष्टीमेट,बिलभरपाई,सम्पन्न प्रतिबेदन लगायतको माग गरेर निबेदन नै दर्ता गराएको छ । घटना सामान्य भएपनि नियतीका बिषयमा डिभिजन बन कार्यालयले प्रष्ट पार्नुपर्ने अबस्था भने सिर्जना भएको छ । तर यस बिषयमा डिभिजन बन कार्यालयका प्रमुख रामबिचारी ठाकुरको प्रतिकृया लिन खोज्दा उहाँसंग सम्पर्क हुन सकेन । उहाँलाई फोन गर्दा समेत उहाँले फोन रिसिब गर्नु भएन ।     

 यस घटनाका बिषयमा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी के भन्छन त ? 

प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेलाई यो घटनाको बिषयमा प्रतिकृया लिईएको  छ र भनिएको छ ? डिभिजन बन कार्यालयले २० लाख बराबरको काम कर्मचारीबाट गर्न पाँउछ की पाउदैन ? अनि समयमै काम गर्न नसकेपछि रकम फ्रिज गर्ने कर्मचारी वा कार्यालय माथी कस्तो कारबाही हुन्छ भनेर प्रश्न राख्दा प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले अमानतमा कर्मचारीले काम गर्न पाउने कानुनी ब्यबस्था रहेको बताउनुभयो । २० लाख मुनीको काम कार्यालयले गर्न पाउछ समयमै किन गर्न सकेन त्यो सम्बन्धित कार्यालयको समिक्षाको बिषय बन्नु पर्ला तर सकिएन भने बाँकी रहेको पेश्की रकम फ्रिज हुन्छ र चलाउन पाईदैन होला उनले भने । सम्झौता अबधीमा जति काम भएको छ त्यसको मुल्याकन भएर भुक्तानी हुन्छ बाँकी रकम फिर्ता हुन्छ प्रजिअ न्यौपानेले स्पष्ट पार्नु भयो । यसरी कर्मचारीले २० लाख मुनीका कामहरु आफैले गर्ने र समयमै काम गर्न नसकेर रकम फ्रिज पठाउने हुन भने कसरी जिल्लाको बिकास हुन्छ बहस हुन जरुरी छ । 

आफै बजेट निर्धारण गर्ने अनि आफै बजेट कार्यान्वयन गर्ने र आफै अनुगमन गरेर बजेट फरफारक गर्ने प्रबृतीले कसरी पारदर्शिता र सुशासन हुन्छ यो प्रश्नले नागरिकलाई गम्भिर चाही बनाएको छ । 

यस बिषयमा निर्माण ब्यबसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अबस्थीको प्रतिकृया यस्तो छ । डिभिजन बन कर्यालय डडेल्धुराले जे गरेको छ त्यो ठिक गरेको छैन यसले अपारदर्शिता मात्रै मौलाउने होईन निगरानी गर्ने निकाय नै रहेन निर्माण ब्याबसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अबस्थीको भनाई रहेको छ ।  कर्मचारीले २० लाख मुनीको काम गर्न पाउने कानुनी ब्यबस्था छैन तर १० लाख बराबरको कोटेशन दिएर निर्माण ब्याबसायी मार्फत काम गराउन सक्छन तर आफैले काम गर्ने ब्यबस्था रहेको मेरो जानकारीमा नभएको अध्यक्ष अबस्थीको भनाई छ । 

 हरित पार्क निर्माणका नाममा डिभिजन बन कार्यालय डडेल्धुराले दुई ठाँउमा काम गरेको देखिन्छ । परशुराम नगरपालिकाको छेउमै बन कै कर्मचारीको संलग्नतामा २० लाख बराबरको टहरा बनाएको छ भने डडेल्धुरा सदरमुकाम नजिकै रहेको गोरक्षनाथ मन्दिर परिषरमा २० लाख बराबरको पार्क टहरा बनाउने भनिएपनि अधुरो अबस्थामा भेटिएको छ यो काम गलत छ यसमाथी छानबिन गरि दोशीउपर कानुनी कारबाही हुनुपर्ने हाम्रो माग छ अध्यक्ष अबस्थीले भने । बिकास निर्माणको निगरानी तथा अनुगमन गर्ने निकाय नै ठेक्का लिएर काम गर्न थालेपछि अबस्था के होला ? अध्यक्ष अबस्थीले भने कामको मुल्याकन र अनुगमन अब कसले गर्छ र कसरी फरफारक हुन्छ यो बिषय गम्भिर छ उहाँले भने । बन कार्यालयले बन सरक्षण गर्ने हो सेवाग्राहीको काम गर्ने हो तर २० लाखका घर टहरा बनाउने जिम्मा लिएर काम गर्न थालेपछि बन कार्यालयभित्र निर्माण ब्याबसायीको बोर्ड राख्नुपर्छ हाम्रो भनाई स्पष्ट छ अध्यक्ष अबस्थीले भन्नुभयो— जे भयो गलत भएको छ सच्चिनुपर्छ हैन भने आन्दोलनको सामना गर्न तयार भएर बस्नु पर्छ । बन डिभिजन कार्यालय डडेल्धुराले बन कटानी फडानी चोरी तस्करी रोक्न सकीरहेको छैन किन भने उसका कर्मचारीहरु निर्माणका काममा खटिएका रहेछन अनि कसरी रोकुन त उहाँको प्रश्न थियो । डिभिजन बन कार्यालय डडेल्धुराले दुई ठाँउमा हरित पार्क निर्माण गर्न लागेको खुल्न आएको छ । जिल्लाको भित्रीमद्येश क्षेत्रको परशुराम नगरपालिका नजिकै पार्क निर्माणमा २० लाख खर्च गरेको छ भने सदरमुकाममै २० लाख बराबरको काम गर्नुपर्नेमा ८ लाख बराबरको काम समेत भएको देखिदैन । किन भन्दा पैसा कर्मचारीकै नाममा पेश्की लिएर राखेको छ । उसले जहिले बनाउदा पनि हुँदो रहेछ  रकम फ्रिज भएको छैन कर्मचारीकै नाममा सबै रकम पेश्की भनेर लिईसकेको छ अनि कसरी रकम फ्रिज हुन्छ । कागजमा योजना सम्पन्न छ काम भएको छैन रकम कर्मचारीकै नाममा पेश्की लिएर राखिएको छ यस्तो अबस्थामा के भन्ने आम प्रश्न बन डिभिजन कार्यालय माथी सोजिएको छ ।


२०८० साउन ३ १९:५६ बजे

प्रतिक्रिया