कारोबार रकममा सुधार हुँदा २५ अंकले घट्यो नेप्से

कारोबारमा रकममा सुधार हुँदा २५ अंकले घट्यो नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १५:४० बजे
सेयर बजार

 काठमाडौं ।   हिजो  उच्च  अंकले  उकालो  लागेको नेप्से आज फेरी  ओरालो  लागेको  छ ।   लगातारा पाँच  दिन  ओरालो  लागेको नेप्से  हिजो भने   उच्च अंकले  उकालो लागेको  थियो  ।  

साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से २४.८३ अंक (१.२० प्रतिशत)  ले घटेर २०४१.०६ अंकमा बन्द भएको छ ।  आज  नेप्से  घटेसँगै  बजारका सबै परिसुच  ओरालो  लागेका छन् । 

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । सोमबार ३ अर्ब ४३ करोडको कारोबार भएको बजारमा मंगलबार ६४ लाख ६ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७३ करोडको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक ४० करोड ८२ लाख ४८ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५३ हजारको कारोबार भएको छ ।

मंगलबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १६९ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य बढ्दा ४ कम्पनीको स्थिर छ । कारोबार भएकोमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

२०७९ साउन ३१ १५:४० बजे

प्रतिक्रिया