मिटरव्याज सम्वन्धि अध्यादेश निस्कृय भए पछि नयाँ कानुन निर्माणको माग

bimbonline बिम्ब अनलाइन
२०८० असार २५ ०७:४० बजे

काठमाण्डौ।  मिटरव्याज पीडितहरुले संसद भवन घेराउ गरेका छन् । मिटरव्याज विरुद्ध कानुन ल्याउन माग गर्दै पीडितहरुले संघीय संसद भवन अगाडि प्रदर्शन गर्दै घेराउ गरेका हुन् ।

यो भन्दा पहिले मिटर व्याज पिडित सम्वन्धि सरकारले अध्यादेश जारी गरी अनुचित लेनदेन लाइ परिभाषित गर्देै अपराध घोषणा गरेको थियो। सोहि कानुन अन्तगत देशभरि मिटरव्याज पिडितहरुले हजारौ मुद्दा दर्ता गरेकोमा मिटरव्याज सम्वन्धि लेनदेन लाइ अपराध घोषणा  गर्ने अध्यादेश लाइ ६ महिना सम्म सँसदले पारित नगरेमा स्वः निस्कृय हुने सवैधानिक व्यवस्था अनुसार सो अध्यादेश निस्कृय भए पछि मिटरव्याज पिडितहरुले पुनः कानुन निर्माण गरी कार्वाही गर्न माग गर्दै आएका छन। नयाँ कानुन नवनेमा परेका उजुरी माथि कार्वाहि र किनारा गर्न समस्या हुने  हुदा कानुन तत्काल पारित हुन माग गरेका छन।

प्रदर्शनमा मिटरव्याज सम्बन्धी कानुन तत्काल पारित गर, दलाल पूँजीवादी व्यवस्था अन्त्य गर, अवैधानिक मिटरव्याज तत्काल अन्त्य गर लगायतका नाराहरु लेखेको प्लेकार्डहरु बोकेका पीडितहरुको सहभागिता रहेको छ ।

सरकारले मिटरव्याज विरुद्ध ल्याएको अध्यादेश सदन अवरुद्ध हुँदा पारित हुन पाएको छैन । देशभरिका मिटर

 व्याज पीडितहरुले कानुनको माग गर्दै पटक पटक प्रर्दशन, धर्ना, सभा, पैदल मार्च, गरिसकेका छन् । तर पनि पीडितको पीडा हट्न सकेको छैन ।


२०८० असार २५ ०७:४० बजे

प्रतिक्रिया