दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा : मेयर बालेन 

bimbonline बिम्ब अनलाइन
२०८० असार २१ २१:५३ बजे

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेनले) भारतीय गुलामहरूले देश चलाई रहेको बताएका छन् । मेयर बालेनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लासहरू हुन् भनी प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘भारतीय गुलामहरूले देश चलाउँदैछ, र म मात्र विरोधमा रु र म मात्र अदालतको अवहेलनामा रु सबै जना मरेका लासहरू हुन् ? ’

उनले सामाजिक सञ्जालमार्फत आफूहरूलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शङ्का लागेको बताएका छन् ।

‘हामीलाई प्रचण्डज्यू भन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शङ्का लायो’, बालेनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

२०८० असार २१ २१:५३ बजे

प्रतिक्रिया