क्रिकेट मजबुद बनाउन कैलालीमा मुम्बईबाट प्रशिक्षक

क्रिकेट मजबुद बनाउन कैलालीमा मुम्बईबाट प्रशिक्षक

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १५:०८ बजे
मुम्बईबाट प्रशिक्षक

काठमाडौं । जिल्ला क्रिकेट संघ कैलालीले जिल्लाको गा्रसरुट क्रिकेट मजबुद बनाउन एक हप्ताका लागि भारतको मुम्बईबाट प्रशिक्षक झिकाइएको छ । सुदूरपशिचमको खेल नगरिको रुपमा धनगढी सुपरिचित रहेको छ । मुम्बईका विभिन्न क्लबमा नियमित प्रशिक्षण दिदै आएका दिगम्बर पार्डेललाई क्यानले धनगढी बोलाएको छ ।

दिगम्बर एक हप्ता जति धनगढीमा रहने नेपाल क्रिकेट संघ जिल्ला अध्यक्ष विक्म विष्टले बताए र्। मंगलबार धनगढी रंगशालामा एक कार्यक्रम आयोजना गरी नेपाल क्रिकेट संघका केन्द्ीय सदस्य एवम् कैलाली जिल्ला अध्यक्ष विक्म विष्ट कैलाली सचिव देवनारायण झा लगायतले औपचारिक रुपमा स्वगत गरेका थिए ।

मंगलबार धनगढी रंगशालामा एक कार्यक्रम गरी नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष विक्रम विष्ट, क्यान कैलाली सचिव देव नारायण झा, प्रशिक्षक जानकी भट्ट, दीपक रावललगायत खेलाडीले प्रशिक्षक दिगम्बरलाई औपचारिक रूपमा स्वागतसमेत गरेको छ ।

राष्ट्रिय क्रिकेट टिमको सुरुवाती १४ भित्र पहिलोपटक अटाएका खेलाडी अर्जुन साउँदलाई पनि प्रशिक्षक दिगम्बरले लामो समय मुम्बईमा प्रशिक्षण गराएका थिए । स्वागतपछि प्रशिक्षक दिगम्बरले आफू जति दिन धनगढी बस्छु पूरा समय दिएर जानेको कुरा सिकाउने बताए । उनले विश्व क्रिकेटको महाशक्ति भारत नजिक भए पनि त्यसको फाइदा नेपालले लिन नसकेको बताए ।

कुटनीतिक तवरले भए पनि नेपालले आगामी दिनमा भारतका विभिन्न स्टेटसँग सहकार्य गरेर फाइदा लिनुपर्नेमा जोड दिँदै आफूले पनि मुम्बईबाट सक्दो सहयोग गर्ने दिगम्बर बताउँछन् ।

जिल्ला क्रिकेट संघ कैलालीले दुई महिना अगाडि धनगढी उपमहानगरपालिकाभित्रका करिब दर्जन बढी विद्यालयसँग सहकार्य गरेर ५० छात्र र ५० छात्रालाई पहिलो चरणमा प्रशिक्षण गराइरहेको छ ।

२०७९ साउन ३१ १५:०८ बजे

प्रतिक्रिया