निरन्तर तेस्रो दिन पनि नेप्से उकालो लागेसँग लगानीकर्ता उत्साहित

निरन्तर तेस्रो दिन पनि नेप्से उकालो लागेसँग लगानीकर्ता उत्साहित

bimbonline बिम्ब अनलाइन
२०७९ असार ३० १६:०५ बजे
सेयर बजार

काठमाडौं । हिजो उच्च अंकले बढेको  सेयर बजार  बिहीबार आज सामान्य अंकले उकालो लागेको छ ।  निरन्तर ओरालो लागिरहेको  तिन दिन यता भने उकालो लागेको हो । निरन्तर ओरालो लागेको नेप्से उकालो लागेसँगै लगानीकर्ताहरूमा  भने उत्साह छाएको छ । 


साताको कारोबारको पाँचौ दिन बिहीबार सेयर बजार नेप्से १.७१ अंकले बढेर २००१.५३ विन्दुमा  पुगेको छ । कारोबारमा  रहेका  कूल २२० कम्पनीको ६२ लाख १० हजार ९०८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४१ करोड १८ लाख रुपैयाँ माथिको सेयर कारोबार भएको छ।

कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एसिया बैंकको भएको छ। एनआईसीले आज ३० करोड १८ लाख भन्दा बढीको कारोबार  गरेको छ । 

बिहिबारको कारोबारमा १३ वटै उपसूचक बढेको छ। आजको कारोबारमा एनआईबिएल प्रगति फण्ड र प्रभु सेलेक फन्डका लगानीकर्ताले पनि अत्याधिक कमाएका छन्। 

२०७९ असार ३० १६:०५ बजे

प्रतिक्रिया