घरको गेटले किचेर ५ वर्षीया बालिकाको मृत्यु

घरको गेटले किचेर ५ वर्षीया बालिकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १४:४८ बजे
मृत्यु

काठमाडौं । भक्तपुरमा घरको कम्पाउण्डमा लगाइएको फलामे गेट पल्टिँदा५ वर्षीया बालिकाको ज्यान गएको छ ।

मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली रमाइलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट पल्टिएर किच्दा ५ वर्षीया श्रीसिजा अर्यालको ज्यान गएको हो ।

श्रीसिजाका बाबु (नुवाकोटको बिदुर नगरपालिका-८ घर भक्तपुरको बोडे बस्ने) गौतम अर्याल तिलक प्रसादको घरमा पाहुना आएका प्रहरीले जनाएको छ ।घरमा खेल्ने क्रममा अचानक गेट ढलेर श्रीसिजालाई किचेको थियो। गेटको ढोकाले किच्दा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

२०७९ साउन ३१ १४:४८ बजे

प्रतिक्रिया