विदेशी दलालहरू एकदिन उदाङ्गिने छन - नेमकिपा

bimbonline बिम्ब अनलाइन
२०८० असार १३ १३:३१ बजे

काठमाडौँ, ।   नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २०८० असार ११ गतेको प्रतिनिधिसभाको शून्य समयमा  मन्तव्य राख्दै भनेका छन। यतिबेला सच्चा देशभक्त नेपालीहरू, राजनीतिक पार्टीका नेता, कार्यकर्ता, कर्मचारी, उद्योगी, व्यापारी सबै थप सचेत र संवेदनशील हुनु जरुरी छ ।

विदेशी गुप्तचर संस्थाका एक अधिकारीले सन् १९९५ मा लेखेको आफ्नो पुस्तकमा आफ्नो गुप्तचर संस्थाको सहयोगमा नेपालका एक प्रधानमन्त्रीको पार्टीलाई देशभरि नै आफ्नो प्रभाव बलियो बनाउन सहयोग गरेको उल्लेख गरे भने तत्कालीन राजासँग पनि खाममा राखेर पैसा सहयोग गरेको बताए ।

नेपालका एक वरिष्ठ पत्रकारले आफ्नो पुस्तकमा प्रधानमन्त्री भएको उही पार्टीले विदेशी राष्ट्रपतिसँग करोडौँ रुपियाँ मागेर पार्टी महाधिवेशन सम्पन्न गरेको उल्लेख गरे । नेपालको गोप्य विषय विदेशी गुप्तचर संस्थालाई पुर्याउने जो सुकै होस् एक दिन ती सबैको पोल खुल्नेतर्फ सबै सचेत हुनु आवश्यक छ । एउटा देशलाई ध्वस्त पार्न बम वारुड हान्नु नपर्ने बरु शासक नेताहरूलाई हात लिए पुग्ने भनेको यही हो ? भनि आफ्मो विचार राख्नु भयो।


२०८० असार १३ १३:३१ बजे

प्रतिक्रिया