लामिछानेविरुद्ध जाहेरी दिने किशोरीलाई क्षतिपूर्ति दिन काठमाडौँ जिल्ला अदालतको आदेश

bimbonline बिम्ब अनलाइन
२०८० असार ११ २०:३८ बजे
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला २६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ। न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो ।

गौशाला २६ ले यातायात र घर भाडासहित क्षतिपूर्ति उपलब्ध गराउन मागसहित अदालतमा निवेदन दिएकी थिइन्। उक्त निवेदनमा सुनुवाइ नभई जबरजस्ती करणीको मुख्य मुद्दा सुनुवाइ नगर्ने भन्दै यसअघि मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।

अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो । तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।

क्षतिपूर्तिको विवादमा अदालतको आदेश आएकाले अब मुख्य मुद्दाको फैसला गर्न पनि बाटो खुलेको छ। उक्त मुद्दाको पेशी यही असार २९ गतेका लागि तोकिएको छ।
२०८० असार ११ २०:३८ बजे

प्रतिक्रिया