नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपति कार्यालय पठाउने सत्ता गठबन्धनको निर्णय

नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपति कार्यालय पठाउने सत्ता गठबन्धनको निर्णय

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १४:०२ बजे
नागरिकता विधेयक

काठमाडौं । सत्ता गठबन्धनको बैठकले नागरिकता विधेयक जस्ताको त्यस्तै प्रमाणकीकरणका लागि पुनः राष्ट्रपति कार्यालयमा पठाउने भएको छ ।   

मंगलबार प्रधानमन्त्री निवास बालुवाटार बसेको गठबन्धनको बैठकले संसदीय प्रकृया पूरा गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकता विधेयक जस्ताको त्यस्तै राष्ट्रपतिकहाँ पठाउने निर्णय भएको बताए। 

२०७९ साउन ३१ १४:०२ बजे

प्रतिक्रिया