सन्दीपले लिए वेस्ट इन्डिजको तेस्रो विकेट

bimbonline बिम्ब अनलाइन
२०८० असार ७ १४:०३ बजे

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा बिहीबार नेपालले वेस्ट इन्डिजको तेस्रो विकेट लिएको छ । नेपाली स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् ।

सन्दीपले वेस्ट इन्डिजका ओपनर ब्याट्सम्यान ब्रान्डन किंगको विकेट लिए । उनले किंगलाई ३२ रनमा बोल्ड गरेका हुन् । त्यसअघि गुल्सन झाले वेस्ट इन्डिजको दोस्रो विकेट लिएका थिए । उनले जोन्सन चाल्र्सलाई आउट गराए । गुल्सनले चाल्र्सलाई शून्य रनमै आसिफ शेखमार्फत क्याच गराए । त्यतिबेला वेस्ट इन्डिज नौ रन बनाएर खेल्दै थियो ।

त्यसअघि नेपालका अर्का बलर करण केसीले वेस्ट इन्डिजका ओपनर काइले मायर्सको विकेट लिएका थिए । आफ्नो पहिलो ओभरको तेस्रो बलमै करणले मायर्सलाई एक रनमा कुशल भुर्तेलमार्फत क्याच गराएका थिए ।

२०८० असार ७ १४:०३ बजे

प्रतिक्रिया