प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास

bimbonline बिम्ब अनलाइन
२०८० असार ६ १३:०० बजे

काठमाडौँ । प्रतिनिधि सभामा आजदेखि नयाँ अभ्यास सुरुवात भएको छ । प्रदेशका बहालवाला मन्त्रीको निधन हुँदा प्रतिनिधि सभाका बहालवाला माननीय सरह नै सम्मान प्रकट गर्दै सुरुमै शोक प्रस्ताव पारित गर्ने र उक्त बैठक स्थगन गर्ने नयाँ अभ्यास सरूवात भएको हो ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मंगलबार निधन भएको थियो । बुधबार बसेको संसदको पहिलो बैठकले मन्त्री सिंहको निधनमा शोक प्रस्ताव पास गरेको छ । शोक प्रस्ताव पास भएपछि बैठक स्थगित भएको ।

सुदुरपश्चिम प्रदेश सरकारले भने मन्त्री निधनमा आज शोक बिदा दिएको छ । प्रदेश सरकारको मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को सो निर्णय गरेको थियो ।

२०८० असार ६ १३:०० बजे

प्रतिक्रिया