विश्वकप छनोट क्रिकेट : अमेरिकाद्वारा नेपाल सामु २०८ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०८० असार ५ १६:३६ बजे

काठमाडौँ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ ।  हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनाएको हो । अमेरिकाका  लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।

अमेरिकालाई सस्तैमा समेट्ने क्रममा करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।

२०८० असार ५ १६:३६ बजे

प्रतिक्रिया