आज समाजवादी मोर्चा घोषणा हुने

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ १०:३२ बजे
समाजवादी मोर्चा
काठमाडौँ । आइतबार बसेको ४ दलको बैठकले १५ बुँदे प्रतिबद्धता पारित गरेसँगै समाजवादी मोर्चा घोषणा आज हुने भएको छ ।

दलहरूको लामो प्रयासपछि आज सोमबार ४ दल सम्मिलित समाजवादी मोर्चा घोषणा हुन लागेको हो । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) पार्टी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा घोषणा हुन लागेको हो। मोर्चाको सञ्चालन र नेतृत्वको विषयमा पनि सहमति भएको छ ।

मोर्चाले आवश्यकताअनुसार प्रदेश, जिल्ला र स्थानीय तहमा समेत समिति बनाउने जनाएको छ। मोर्चा घोषणाका लागि कार्यदलले प्रस्ताव गरेको घोषणापत्रमा मोर्चाको नीतिगत निर्णय गर्न सदस्य दलहरूको अध्यक्षसहित तोकिएका प्रतिनिधिहरू रहेको एक संयोजन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

२०८० असार ४ १०:३२ बजे

प्रतिक्रिया