पोखरा महानगरपालीकाले भारतिय सिनेमामा लगायो रोक

bimbonline बिम्ब अनलाइन
२०८० असार ४ ०८:०५ बजे

पोखरा । पोखरा महानगरपालिकाले पनि भारतीय सिनेमा ‘आदिपुरुष’ को प्रदर्शनमा रोक लगाएको छ । सिनेमामा प्रयोग भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द खेदजनक रहेको र उक्त शब्द नसच्याएसम्म पोखराका कुनैपनि सिनेमा घरमा हिन्दी चलचित्र चल्न नदिने गरी महानगरले पत्राचार गरेको छ।

पोखरा महानगरपालीकाका  मेयर धनराज आचार्यले सबै सिनेमा घरमा सिनेमा नचलाउन निर्देशन सहितको पत्राचार गरेका छन् । आचार्यले आदिपुरुषको निर्माणपछि नेपालप्रति भारतीय पक्षले गरेको नजरअन्दाज सामान्य नभएको बताए । उनले सामाजिक सञ्जालमा स्टाटस समेत लेखेर आदिपुरुषका संवाद लेखकले अन्तरवार्तामा दिएका विचारले झनै नेपालमाथि धावा बोलेको बताएका छन् ।यसअघि आइतबार नै काठमाडौँ महानगरले पनि सोमबारदेखि आफ्नो क्षेत्रभित्र पर्ने हलहरूमा कुनै भारतीय फिल्म चल्न नदिने घोषणा गरेको छ ।

२०८० असार ४ ०८:०५ बजे

प्रतिक्रिया