जिम्बाव्वेविरुद्ध कुशल भुर्तेलकाे अर्धशतक

रारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ‌ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन्

bimbonline बिम्ब अनलाइन
२०८० असार ३ १४:१५ बजे

काठमाडौँ । जिम्बाव्वेमा जारी विश्वकप क्रिकेट छनोटमा कुशल भुर्तेल अर्धशतक रन प्रहार गरेका छन् ।हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि ‌ओपनिङ गरेका कुशलले ६३ बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ८ चौका हानेका छन् ।

२० औँ ओभरको अन्तिम बलमा सिन विलियम्सलाई सिङ्गल प्रहार गर्दै भुर्तेलले अर्धशतक पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा यो उनको छैटौँ अर्धशतक हो । उनको अर्धशतक मद्दमा नेपालले २० ओभरको खेल सकिँदा बिना क्षति ८४ रन बनाएको छ ।

२०८० असार ३ १४:१५ बजे

प्रतिक्रिया