काठमाडौं। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम आगामी निर्वाचनमा प्यूठानबाट चुनाव लड्ने भएका छन्।नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्न सहमत गौतमले प्यूठानबाटै चुनाव लड्ने प्रस्ताव गरेका हुन्।
०७० मा गौतमले प्यूठान-१ र बर्दिया-१ बाट जितेका थिए । तर ०७२ को संविधानले भने दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि गौतम बर्दिया-१ बाट चुनाव लडे । चुनाव जित्न भने सकेनन् ।
कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित गौतमले आगामी चुनाव भने प्यूठानबाट लड्ने मनसाय बनाएका छन् ।
प्रतिक्रिया