प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मतले अनुमोदन, शपथ पनि आजै

कार्कीको नाम सर्वसम्मत अनुमोदन भएसँगै कार्कीको शपथ आज अपराह्न सवा ५ बजे हुने भएको छ

bimbonline बिम्ब अनलाइन
२०८० असार १ १५:३७ बजे
हरिकृष्ण कार्कीको

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेको छ । कार्कीको नाम सर्वसम्मत अनुमोदन भएसँगै कार्कीको शपथ आज अपराह्न सवा ५ बजे हुने भएको छ ।

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन गरेपछि राष्ट्रपति कार्यालयको शपथको तयारी गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी गराएका छन् ।

संसदीय सुनुवाइ समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्य योजना पेस गरेका कार्कीसँग आज प्रश्नोत्तर भएको थियो। प्रश्नोत्तर सकिएसँगै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ। कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदै छन् ।

२०८० असार १ १५:३७ बजे

प्रतिक्रिया