महिला इमर्जिङ टिम्स कप क्रिकेट स् नेपाल पाकिस्तानसँग पराजित

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ ३० १३:०८ बजे

 काठमाडौँ । हङकङमा जारी महिला इमर्जिङ टिम्स कप क्रिकेटमा नेपालले पाकिस्तानसँग ९ रनले हार व्यहोरेको छ । पहिलो ब्याटिङ गरेको पाकिस्तानले नेपाललाई जितका लागि ८८ रनको लक्ष्य दिएको थियो ।  नेपालले जबाफी ब्याटिङ गर्दै  नेपालले २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्रै बनाएको हो । 

नेपालका २ जना बाहेक अरू ब्याटरले दोहोर अंकमा रन बनाउन नसक्दा नेपाल पराजित भयो ।ओपनर कविता कुँवर २० रनमा आउट भइन् भने कविता जोशीले नटआउट १५ रन बनाइन् ।

यसअघि नेपालका बलरहरूले राम्रो प्रदर्शन गर्दा पाकिस्तान १९।२ ओभरमा ८७ रनमै अलआउट भएको थियो ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले ३, कविता जोशी, सीता रानामगर र कविता कुँवरले २र२ विकेट लिए ।

इन्दुले लगातार २ बलमा २ विकेट लिइन् । उनलाई ह्याट्रकको अवसर थियो तर ओभरको अन्तिम बलमा विकेट लिन सकिनन् ।

पाकिस्तानकी शावाल जुल्फिकारले २८, कप्तान फातिमा सानाले १६, इमान फातिमाले १२, गुल फेरोजले ११ रन बनाइन । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । २० रन  बनाउनुका साथै २ विकेट लिएकी नेपालकी कविता कुँवर प्लेर अफ द म्याच भइन् ।

२०८० ज्येष्ठ ३० १३:०८ बजे

प्रतिक्रिया