काठमाडौँ । हङकङमा हुने एसीसी वुमन्स टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टिमको घोषण गरिएको छ । १२ जुनदेखि हुने प्रतियोगिताका लागि मलेसियासँग ५ म्याचको शृङ्खला खेलेको नेपाली टोली नै यस प्रतियोगिताका लागि जान लागेको हो ।
नेपाली टोलीलाई भोलि शनबिार हङकङ पठाउने तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी गराएका छन् ।
यस टिमका लागि प्रशिक्षक सामसन जंग थापा नै रहने भएका छन् ।
नेपालले यस प्रतियोगिताका लागि समुह ए मा रहेर हङकङ, भारत र पाकिस्तानको ए टोली हुनेछन् । समूह बीमा बङ्गलादेश, मलेसिया, श्रीलङ्का र दुबई हुनेछन् । नेपालले पहिलो खेल १३ जुनमा पाकिस्तानसँग खेल्नेछ भने दोस्रो खेल १५ जुनमा भारतसँग खेल्नेछ ।यस्तै १७ जुनमा घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगिता हङकङको मिसन रोड मैदान कोलुनमा हुनेछ ।
नेपाली टोलीमा रुबिना क्षेत्री९कप्तान०, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योती पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अस्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम, कविता जोशी ।
प्रतिक्रिया