प्रधानमन्त्री प्रचण्ड र बाबुराम विरुद्ध चल्ने भयो मुद्दा 

bimbonline बिम्ब अनलाइन
२०८० ज्येष्ठ २६ १४:३५ बजे

काठमाडौँ । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराई विरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता  आदेश दिएको हो ।

पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग भएको बाल सैनिक अन्तर्राष्ट्रिय मानवीय कानुन विपरीतको कार्य भएको तत्कालीन नेतृत्वलाई कारबाही गर्न माग गर्दै रिट लिएर सर्वोच्च पुगेका थिए । तर सर्वोच्च अदालतले उक्त रिट दरपीठ गरेपछि विष्ट दरपिठविरुद्ध सर्वोच्च पुगेको हुन् । 

विष्टले आफ्नो रिटमा तत्कालीन नेकपा माओवादीको नेतृत्वकर्ताहरू पुष्पकमल दाहाल प्रचण्ड, डा.बाबुराम भट्टराई लगायतका नेताविरुद्ध बाल सैनिक प्रयोग गरिएको भन्दै  कारबाहीको माग गरिएको छ । 

२०८० ज्येष्ठ २६ १४:३५ बजे

प्रतिक्रिया